२०७७ जेठ ११ गते आइतवार ।
टोखा लाइभ। टोखा नगरपालिकामा भरि कोभिड – १९ को पहिलो चरणको २९३ जनाको पीसीआर परीक्षणको रिर्पोट नेगेटिभ आएको छ ।
टोखा नगरपालिका वडा नं-२ का वडा अध्यक्ष दिपक राज जोशीको अनुसार गएको हप्ता गरिएको परीक्षणमा २९३ जनाकै पीसीआर नेगेटिभ आएको हो ।
आइतवार बेलुकी पख नै उनीहरुलाई कोभिड १९ नेगेटिभ आएको प्रमाण पत्र अनलाइन मार्फ़त पनि दिइएको छ ।जो – जसले रिपोर्ट पठाएको हो, सो आधिकारिक व्यक्तिले युजर नाम र पासवर्ड हालेपछि आफ्नो रिजल्ट हेर्न सकिने बनाएको थियो।जस अनुसार वडा अध्यक्ष दिपक राज जोशी र सदस्यमा प्रेमकृष्ण शारीर पार्वती श्रेष्ठ लगायत अन्य व्यक्तिहरूको रिजल्ट नेगेटिभ आएको थियो।
टोखामा पछिल्लो समय कोरोनाभाइरस परीक्षणको दायरा फराकिलो बनाइएको छ । बाहिरबाट आउनेलाई होम क्वारेन्टाइनमा रहेपछि मात्रै घरमा पस्न दिइएको वडा अध्यक्ष दिपक राज जोशीले बताउनु भयो।