•            
    • Sanu Raj Dangol

    • ११ जेष्ठ २०७७, आईतवार ००:१०

    कोरोना महामारी पछि न्युयोर्कमा शनिवार सबैभन्दा कम मानिसको मृत्‍यु

    ११ जेष्ठ २०७७, शनिबार

    मार्च २४ पछि न्युयोर्कमा कोरोनाको कारण सबैभन्दा थोरै मानिसको मृत्‍यु भएको छ । न्युयोर्कमा गत २३ तारिख शुक्रबार ८४ जनाको मृत्‍यु भएको र यो संख्या मार्च २४ पछिको सबैभन्दा कम प्रति दिन मृतकको संख्या भएको गभर्नर कुमोले बताएका छन् । शनिबार आफ्नै निजी निवासमा आयोजित पत्रकार सम्मेलनमा गभर्नर कुमोले उक्त जानकारी दिएका हुन । उनले अस्पातल भर्ना हुनेको संख्यामा पनि उलेख्य गिरावट आएको बताउदै भनें “यो समाचार सुखद समाचार हो । हामीले कोरोना नियन्त्रणमा साँच्ची कै प्रगति गरेका छौं”।

    न्युयोर्कमा शुक्रबारदेखि १० जनासम्म भेला हुन खुल्ला गरिएको छ ।

    -एजेन्सीको सहयोगमा

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै