•            
    • Sanu Raj Dangol

    • १० जेष्ठ २०७७, शनिबार २३:५५

    नेपालमा थपिए ७ सङ्क्रमित, दाङका व्यक्तिलाई गुल्मीमा भेटियो कोरोना-:

    ११ जेष्ठ २०७७,आइतवार ।

    टोखा लाइभ ।नेपालमा आइतवार विहान सम्म थप ७ जनामा कोरोना पुष्टि भएको छ । शनिबार रुपन्देही, कपिलवस्तु र दाङका सातजनामा शनिबार कोरोना पोजेटिभ देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको पीसीआर परीक्षणमा सात जनामा कोरोना पोजेटिभ देखिएको पुष्टि भएको छ ।

    सात जनामध्ये दाङ घर भएका ३३ वर्षका पुरुष गुल्मी मदानेका कोरोना संक्रमितको घरमा कोठा भाडामा बस्दै आएका व्यक्ति रहेको बताएको छ । उनी बैंकमा काम गर्छन ।
    आइतवार पुष्टि भएका मध्ये रुपन्देहीको तीनजना गैडहवा गाउँपालिकाका हुन् । अब नेपालमा कुल ५९१ सङ्क्रमित पुगेका छन् । शनिबार सॉझ सम्म मात्र ७५ जना नयाँ बिरामी थपिए । आइतवार विहान १९ जना भने निको भइ घर फर्किए ।

    यस्तै गरी टोखा चण्डेश्वरी स्वास्थ्य केन्द्रमा गरीएको २८ जनाको पिसिआर रिपोर्ट अहिलेसम्म नआएको जानकारी वडा नं-२ का अध्यक्ष दिपकराज जोशीले टोखा लाइभलाई जानकारी दिनु भयो।आज सॉझ सम्म रिपोर्ट आउने कुरामा आफु विश्वस्त रहेको कुरा बताउनु भयो।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै