•            
    • TOKHA LIVE

    • २० भाद्र २०७७, शनिबार १७:२०

    कोरोनाबाट नेपालमा थप ९ जनाको मृत्यु, १०४१ संक्रमित थपिए:-

    टाेखा लाइभ भाद्र२० काठमाडौं :
    देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
    यस्तै काठमाडौं उपत्यकामा ४०८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ३७ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ हजार २७७ पुगेको मन्त्रालयले बताएको छ ।

    त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८० पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै