•            
    • TOKHA LIVE

    • १७ भाद्र २०७७, बुधबार १७:१०

    कोरोनाबाट नेपालमा थप १२ जनाको मृत्यु, ११२० संक्रमित थपिए:-

    टाेखा लाइभ ,भाद्र १७ काठमाडौं : देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । काठमाडौं उपत्यकामा ३८८ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४१ हजार ६४९ पुगेको मन्त्रालयले बताएको छ ।
    त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको मन्त्रालयले बताएको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै