•            
    • TOKHA LIVE

    • १४ भाद्र २०७७, आईतवार १८:४०

    कोरोनाबाट नेपालमा थप १४ जनाको मृत्यु, १२२१ संक्रमित थपिए:-

    टाेखा लाइभ, भाद्र१४ काठमाडौं :
    नेपालमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार २२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ भने काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ३७२, भक्तपुरमा ४५ र ललितपुरमा १२ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ।

    त्यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२१ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै