•            
    • TOKHA LIVE

    • १२ भाद्र २०७७, शुक्रबार २१:२०

    नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि:-

    रामहरि रिमाल

    टोखा लाईभ,भाद्र १२ नुवाकोट

    नुवाकोटमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य कार्यालय नुवाकोटद्धारा जारी विज्ञप्ति अनुसार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा शुक्रबार बेलकोटगढी ६ का एक पुरुष, पञ्चकन्याको एक पुरुष र नुवाकोट घर भई काठमाडौंमा बस्दै आएकि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    संक्रमण पुष्टि हुनेमा बेलकोटगढीका ४३ वर्षीय पुरुष र पञ्चकन्यको ३० वर्षीय र काठमाडौंमा रहेकी ४५ वर्षीय महिला रहेका छन् ।
    यो सहित नुवाकोटमा कोरोना संक्रमितको संख्या ८९ पुगेको छ ।
    त्यसमध्ये ६९ जना संक्रमण मुक्त भएर घर फर्किएका छन् । त्रिशुली अस्पतालमा १२ जना र काठमाडौंको विभिन्न अस्पतालमा ७ जनाको उपचार भैरहेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै