टाेखा लाइभ भाद्र११काठमाडौं :
एकै दिन काठमाडौं उपत्यकामा ३७७ जना सहित नेपालमा १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रीफिङ्ग्मा बताएको छ । त्यसमध्ये काठमाडौं उपत्यकामा मध्ये काठमाडौंमा २७० जना, भक्तपुरमा ४१ जना र ललितपुरमा ६६ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ। त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भए सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८३ पुगेको मन्त्रालयले बताएको छ ।