•            
    • TOKHA LIVE

    • १० भाद्र २०७७, बुधबार १६:५६

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुग्यो।

    टाेखा लाइभ, भाद्र १० काठमाडौं : नेपालमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३०१ जनामा कोरोना भाइरस को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २३० जना, ललितपुरमा ४७ जना र भक्तपुरमा २४ जनामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भए सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै