टाेखा लाइभ भाद्र९ काठमाडौं :
नेपालमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८५५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ७ जनाको मृत्यु भए सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।