•            
    • TOKHA LIVE

    • ८ भाद्र २०७७, सोमबार १६:३८

    नेपालमा कोरोनाबाट थप ८ जनाको मृत्यु, ७४३ संक्रमित थपिए:-

    टाेखा लाइभ भाद्र ८ काठमाडौं :

    काठमाडौं उपत्यकामा २२४ जनासहित नेपालमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित मिडिया ब्रीफिङ्गमा बताएको छ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १५७ पुगेको मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै