•            
    • TOKHA LIVE

    • ७ भाद्र २०७७, आईतवार १७:३६

    टोखा ५ मा थप ३ जनामा कोरोना संक्रमण:-


    शोभा तामाङ

    टाेखा ७ भदौ, काठमाडौं । टोखा नगरपालिकाको वडा ५ मा एकै घरको तीन जनासहित ९ जनामा कोरोना संक्रमण भेटिएको छ । सो क्षेत्रमा पहिले पनि १ जनामा कोरोना संक्रमण भेटिएपछि उक्त क्षेत्र सिल गरि कन्ट्याक्ट ट्रेसिङको लागि स्वाव संकलन गरिएको थियो। सो समयमा पनि त्यस क्षेत्रमा एकै घरका ३ जनामा संक्रमण भेटिएको थियो ।

    त्यसपछी उक्त क्षेत्रमा उच्च सतर्कता अपनाई पुनः दोस्रो पटक कन्ट्याक्ट ट्रेसिङको लागि १४ जनाको स्वाव संकलन गरिएको थियो। सोही कन्ट्याक्ट ट्रेसिङमा आज एकै घरका ३ जनासहित रिपोर्ट पोजेटिभ आएको छ । जसमा अहिलेसम्म टोखा वडा नं. ५ मा कोरोना संक्रमितको संख्या ९ पुगेको छ । पोजेटिभ आएकाहरुलाई नगर स्वास्थ्य साखाले टोखामा अवस्थित आइसोलेसनमा लैजाने तयारी गरेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै