•            
    • TOKHA LIVE

    • ७ भाद्र २०७७, आईतवार ०६:५१

    विश्वमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ लाख नाघ्यो।


    टाेखा लाइभ , भाद्र ७ काठमाडौं

    विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ लाख ७ हजार ७ सय नाघेको छ ।
    पछिल्लो २४ घन्टामा विश्वभर संक्रमणबाट ५ हजार ७ सय ८० को मृत्यु भएको तथ्याङक छ । विगत २४ घन्टामा सबैभन्दा धेरै अमेरिकामा ११ सय २३ जनाको संक्रमणका कारण मृत्यु भएको छ । थप ५० हजार संक्रमित थपिएसँगै अमेरिकामा संक्रमित हुनेको संख्या ५७ लाख नाघेको छ ।

    यसैगरि ब्राजिलमा एकैदिन १ हजार ३१ जना कोरोना संक्रमितको मृत्यु भएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार नाघेको छ । यता दिनहुँ संक्रमण बढिरहेको भारतमा गत २४ घन्टामा मात्रै करिब ७० हजार भाइरसका नयाँ संक्रमित थपिएका छन् भने एकैदिन ९ सय ५३ जनाको मृत्यु भएको छ ।

    विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २ करोड ३३ लाख नाघेको छ । जसमध्ये सक्रिय संक्रमितको संख्या ६६ लाख ५९ हजार ८ सय ३ रहेको छ । नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १४६ पुगेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै