•            
    • TOKHA LIVE

    • १ भाद्र २०७७, सोमबार १७:१३

    नेपालमा थपिए ५८१ संक्रमित,कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुग्यो।

    टाेखा लाइभ,भाद्र १ काठमाडौं : काठमाडौं उपत्यकामा १६८ जनासहित नेपालमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २४१ पुगेको
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । त्यस्तै नेपालमा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०७ पुगेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै