टाेखा लाइभ,श्रावण ३२ काठमाडौं
नोभेल कोरोना भाइरसका ६४१ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६४१ संक्रमित थपिएका छन् ।त्यसैगरी हालसम्म १७ हजार ३३५ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६५ प्रतिशत रहेको छ । आइतबारसम्म देशभर सक्रिय संक्रमितको संख्या ९ हजार २२१ रहेको छ । हालसम्म जम्मा ५ लाख १७ हजार ९०७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
देशभरका विभिन्न अस्पतालका आइसोलेसनमा रहेका व्यक्तिहरुको संख्या ८ हजार ७२४ छन् । आजसम्म देशभर १५ हजार २४३ जना क्वारेन्टिनमा रहेका छन् ।
शनिबार ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा ४६८ कोरोना संक्रमित थपिएका थिए । त्यसैगरी १२४ जना डिस्चार्ज भएका थिए ।
हालसम्म देशभर कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।