•            
    • TOKHA LIVE

    • ३२ श्रावण २०७७, आईतवार ०९:२६

    विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १५ लाख नाघ्यो।

    टाेखा लाइभ/श्रावण ३२ काठमाडौं
    एजेन्सी : विश्वभर कोरोनाबाट संक्रमित हुनेहरुको संख्या २ करोड १५ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार संक्रमितको संख्या २ करोड १५ लाख ९२ हजार ७ सय नाघेको छ । हालसम्म संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ७ लाख ६७ हजार ९ सय नाघेको छ । १ करोड ४३ लाख मानिस निको भएका छन् ।

    हालसम्म अमेरिकामा ५५ लाख २९ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यहाँ १ लाख ७२ हजार ६ सय भन्दा बढी जनाको मृत्यु भइसकेको छ । यस्तै, ब्राजिलमा ३३ लाख १७ हजार ८ सय ३२ संक्रमित छन भने १ लाख ७ हजार २ सय ९७ मृत्यु भएको छ ।

    भारतमा २५ लाख ८९ हजार २ सय आठ संक्रमित छन् । कोरोनाका कारण मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको छ । त्यस्तै मेक्सिकोमा ५५ हजार ९ सय ८ , बेलायतमा ४१ हजार ३ सय ६१ र इटालीमा ३५ हजार ३ सय ९२ को मृत्यु भएको छ ।

    चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका २१६ देशमा फैलिसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै