टाेखा लाइभ, काठमाडौं : नेपालमा थप ५ सय ९४ जना कोरोना संक्रमित थपिएका छन । गएको २४ घण्टामा ११ हजार ५ सय ७५ वटा पीसीआर परीक्षण गर्दा थप ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा संक्रमित हुनेको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।
काठमाडौं उपत्यका थप १ सय १९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा काठमाडौंका ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जना रहेका छन । योसँगै उपत्यकामा कोरोनाका कुल संक्रमितको संख्या १ हजार सात सय ५ पुगेको छ ।
अहिलेसम्म १७ हजार ७७ जना कोरोनामुक्त भएका छन । हिजो एकै दिन २ सय ४० जना कोरोनामुक्त भएर घर फर्केका छन् । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ७ हजार ९ सय १३ जना संक्रमितको उपचार भैरहेको छ ।
हालसम्म कोरोना संक्रमण पहिचान गर्नका लागि ४ लाख ९४ हजार ६ सय १३ जनाबाट संकलित नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
गएको २४ घण्टामा नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु भए सँगै नेपालमा कोरोनावाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ।