•            
    • TOKHA LIVE

    • ३० श्रावण २०७७, शुक्रबार ११:३६

    टाेखामा कोरोना भाइरस विरुद्धको सतर्कता अभियान सुरु:

    टाेखा लाइभ,श्रावण ३० काठमाडौं ।

    कोरोना भाइरसबाट आफु पनि बचौ र अरुलाई पनि बचाऔ ,पहिला आफु सुरक्षित भएमात्र अरुलाइ सहयोग र सुरक्षा दिन सकिन्छ भन्ने अवधारणाका साथ टोखा नगरपालिका ३ न वडाको स्थित श्री टोखा यूवा क्लवले आज काेभिड-१९ कोरोना भाइरस विरुद्धको सतर्कता अभियान थालेको छ। टाेखा यूवा क्लवले आयोजना गरेको काेभिड-१९ कोरोना भाइरस विरुद्धको सतर्कता अभियानमा प्रमुख अथिति टाेखा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिंह राज श्रेष्ठ, क्लबका अध्यक्ष राम राज श्रेष्ठ, T Group का संयोजक पंञ्च नारायण डंगोल , क्लबका महिला अध्यक्ष शान्ति श्रेष्ठ र क्लबका पदाधिकारीहरु र पत्रकार लगायतको उपस्तिथि रहेको थियोे ।

    कार्यक्रम प्रमुख अतिथि वडाध्यक्ष सिंहराज श्रेष्ठले काेभिड-१९ कोरोना भाइरस विरुद्ध टाेखा युवा क्लबले सतर्कता अभियान कार्यक्रम संचालन गरि आफु सुरक्षित भएमात्र अरुलाइ बचाउन सकिन्छ भन्ने अवधारणा माथि प्रकाश पार्दै यो बिकराल समयमा अझै भयावह स्थिति सिर्जना हुन सक्ने हुँदा यसलाई मध्यनजर गर्दै अब हामीले आवश्यक कदम चाल्न आवश्यक रहेको उहाँले औल्याउँदै क्लबको अवधारणालाई आत्मसात गरि क्लबले चालेको सराहनीय कदमलाई स्वागत गरेको उहाँले बताउनु भयो।

    क्लबका सदस्यहरुले पुर्ण नियम पालना गरि लकडाउनका समयमा पनि रातदिन स्वयंसेवकको भुमिका खेल्ने सम्पुर्ण सदस्यहरुलाइ आफ्नो वडाको तर्फबाट र ब्यक्तिगत तर्फबाट उहाँले धन्यवाद व्यक्त गर्नु भयो।

    साथै यस कोरोना भाइरसको महामारी बाट बच्न सरकारको नियम पालना गरि घर भित्र बसि सुरक्षित र सतर्क भै दिनुहुन सबै टाेखावासी र वडावासीहरुमा उहाँले आग्रह गर्नु भयो।

    क्लबका अध्यक्ष रामराज श्रेष्ठले आफु सुरक्षित भएमात्र अरुलाइ बचाउन सकिन्छ भन्ने क्लबले ल्याएको काेभिड-१९ कोरोना भाइरस विरुद्ध सतर्कता अभियान कार्यक्रम अब टाेखा नगरपालिकासंग समन्वय गरि टाेखाकाे प्रत्येक वडाहरुको टाेलटाेलमा चाेकचाेकमा टोखा यूवा क्लवले सतर्कता अभियान संचालन गर्ने बताए ।

    हाल सो अभियान टाेखाको बाम्फल टाेलमा एउता स्वचालित ह्यान्ड सेनिटाजर राख्ने, मुल गेटमा एउटा, गणेशस्थानमा एउटा ,थने लाछि, र क्वने लाछिमा सो ह्यान्ड सेनिटाजर राख्ने कार्यक्रम रहेको बताए। कार्यक्रममा क्ल्बका सम्पुर्ण पदाधिकारीहरु र पत्रकार लगायत प्रत्येकलाई चालिस थान माक्स र एउटा ह्यान्ड सेनिटाजर प्रमुख अतिथि वडाध्यक्ष सिंहराज श्रेष्ठ ,क्लबका अध्यक्ष रामराज श्रेष्ठ ,सयोजक पन्च नारायण डंगोल र महिला अध्यक्ष शान्ति श्रेष्ठले संयुक्त रूपमा वितरण गरेको हो। कार्यक्रम क्लबका सचिव बुद्ध श्रेष्ठले संबोधन गरेका थिए।

    क्लबले विभिन्न खेलकुद ,सामाजिक गतिविधिहरु एकजुट भै हालसम्म संचालन गर्दै आइरहेको छ।

    Facebook Comments

  • सम्बन्धित खवर

    टाेखा वडा ३ मा तरकारीको बीउ वितरण गरिने

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै