•            
    • TOKHA LIVE

    • २९ श्रावण २०७७, बिहीबार १८:३०

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुग्यो।

    टाेखा लाइभ,श्रावण २९ काठमाडौं : काठमाडौं उपत्यकामा १२७ जनासहित नेपालमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९५७ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै