टाेखा लाइभ,काठमाडौं : नेपालमा कोरोना भाइरस संक्रमणका ६ सय ३८ संक्रमित थपिएका छन् । देशभरका प्रयोगशालाहरुमा गरिएको २४ घन्टामा गरिएको १० हजार ४ सय ६५ पीसीआर परिक्षणमा नयाँ संक्रमित थपिएका हुन । यो वृद्धिसँगै नेपालका कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भएको छ । मंगलबार काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १ हजार ३ सय १४ पुगेको छ ।
अहिले देशभरका विभिन्न आइसोलेसनमा ७ हजार २ सय एक जना संक्रमित उपचार गराइरहेका छन् । अहिलेसम्मका कोरोना भाइरस संक्रमण परिक्षणका लागि ४ लाख ६२ हजार ६ सय ९८ जनामा कोरोना भाइरस संक्रमण पहिचानका लागि पीसीआर परीक्षण भएको छ । ६ दिन यता नेपालमा २३ जनाले कोरोना कारण ज्यान गुमाएका छन । योसँगै नेपालमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।