•            
    • TOKHA LIVE

    • २६ श्रावण २०७७, सोमबार १२:०२

    टोखा नगरपालिका वडा नं २ मा सचेतना जगाउदै मास्क वितरण:-


    टाेखा लाइभ
    काठमाडौं श्रावण २६

    कोभिड १९ कोरोना भाइरस संक्रमणको दर बढिरहेका वेला टोखा नगरपालिका वडा नं २मा मस्क वितरण गर्नु को साथै कोरोना सचेतना जगाइएको छ । पछिल्लो पटक विश्वभर देखा परेको कोरोना भाइरसले नेपालमा पनि ठुलो क्षति व्यहोर्नु परेको छ ।


    पछिल्लो पटक नेपालमा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै टोखा नगरपालिका वडा नं.२ का नेकपा सदस्य तथा न्हुँज पुस्तकालयका उपाध्यक्ष राजकाजी डंगोलको अगुवाईमा स्थानीय युवाहरूको क्रियाशीलतामा माक्स वितरण गरिएको थियो ।


    टोखा नगरपालिका वडा नं २बाट शुरु भएको सो अभियान वडाका हरेका स्थानमा हुने सामाजिक अभियन्ता राजकाजी डंगोलले बताए उनले आज वडा नं २ को पुरानो बस्तीमा सचेतना जगाउदै मास्क वितरण गरेको र भोलि सपन तिर्थ , फैडोल, भिल्ली , र चन्डेश्वरी लगायतको स्थानमा हुने पनि बताए ।

    पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने भएकाले मास्क वितरण तथा कोरोना सचेतना कार्यक्रम आयोजना गरेको उनले बताए।कार्यक्रममा सुरक्षित रहन, अनिवार्य काम बिना घरबाहिर ननिस्किन, बाहिर निस्किँदा पनि मास्कको प्रयोग गर्न अनुरोध गरिएको थियो ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै