टाेखा लाइभ , साउन २५ काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौं टोखा धापासीका एक महिलाको मृत्यु भएको छ ।टोखा नगरपालिका वडा न ६ धापासी ग्रिनल्याण्डकी ४१ वर्षिय महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ती महिलामा साउन १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
पाठेघरको क्यान्सर र निमुनियाबाट पीडित ती महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पतालको आईसीयूमा राखेर उपचार हुदै गर्दा अस्पतालमै निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।