•            
    • TOKHA LIVE

    • २२ श्रावण २०७७, बिहीबार १८:३८

    काठमाडौं उपत्यकामा ८७ जनासहित नेपालमा थपिए ३६० कोरोना संक्रमित।


    टाेखा लाइभ,काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सर्लाही, धनुषा र सप्तरीमा ५ जना संक्रमितको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका ८ का ४५ वर्षिय पुरुषको साउन २१ गते मृत्यु भएको हो । ज्वरो र स्वासप्रस्वासमा समस्या आएपछि उपचारका लागि कोसी अस्पताल लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो ।

    यस्तै मोरङको विराटनगर महानगरपालिका ४५ पुरुषको पनि कोसी अस्पतालमै साउन २१ गते उपचारका क्रममा मृत्यु भएको हो । सर्लाहीको मलंगवा ८ का ६५ वर्षिया वृद्धाको साउन २१ गते सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुमा उपचारका क्रममा निधन भएको उनले बताए ।
    यस्तै धनुषा मिथिला नगरपालिका १० का ७२ वर्षिया वृद्धाको साउन १७ गते उपचारका क्रममा ओम अस्पतलामा काठमाडौंमा मृत्यु भएको हो । दम उच्च रक्तचापका विरामी उनमा निमोनियाको पनि समस्या थियो ।यस्तै सप्तरीका ४२ वर्षिय पुरुषको साउन २१ गते निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै