•            
    • TOKHA LIVE

    • १९ श्रावण २०७७, सोमबार १९:२०

    आरडिटी परीक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन:-

    टोखा लाइभ । सरकारले आरडिटी परीक्षण नगर्न प्रदेश, स्थानीय तह र अस्पताललाई निर्देशन दिएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले कोभिड १९ को नियमित प्रेस ब्रिफिङ मार्फत आरडिटी परीक्षण नगर्न निर्देशन दिएका हुन्।

    यसअघि विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको आरडिटी परीक्षणलाई सरकारले मान्यता दिँदै आएको थियो।

    पिसिआर परीक्षणको दायरा बढाउन र आरडिटी बन्द गर्न विभिन्न विज्ञहरुले सुझाव दिँदै आएका थिए भने यसका लागि विभिन्न आन्दोलन समेत भएका थिए।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै