•            
    • TOKHA LIVE

    • १८ श्रावण २०७७, आईतवार १८:५३

    नेपालमा थपिए २४६ कोरोना संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या ५७ पुग्यो।


    टाेखा लाइभ, काठमाडौं : कोरोना भाइरस (कोभिड—१९) बाट वीरगञ्जमा थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका—१६ का ६८ वर्षिया वृद्धाको साउन १७ गते कोरोनाबाट मृत्यु भएको हो ।

    ज्वरो र खोकीको समस्या देखिएपछि साउन १४ गते उनी नारायणी बयोधा अस्पतालको आइसियुमा भर्ना भएको प्रवक्ता डा. जागेश्वर गौतमले बताए । स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि १७ गते नारायणी कोभिड अस्पताल रिफर गरिएकोमा बाटोमै मृत्यु भएको हो । मधुमेह र उच्च रक्तचापको ति वृद्धामा १६ गते कोरोना पोजेटिभ देखिएको थियो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेका संख्या ५७ पुगेको छ ।

    आइतबार नेपालमा थप २ सय ४६ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ३१ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ पुगेको छ । जसमा १४ हजार ६ सय ३ जना डिस्चार्ज भएका छन् । आइतबार मात्रै १ सय ११ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै