•            
    • TOKHA LIVE

    • १६ श्रावण २०७७, शुक्रबार ०९:२५

    कोरोनाबाट नेपालमा ज्यान गुमाउनेको संख्या ५५ पुग्यो।

    टाेखा लाइभ काठमाडौं : स्रोतका अनुसार वीरगञ्जमा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा भारतीय नागरिक ५६ वर्षीया पुरुषको बिहीबार राति एघार बजे मृत्यु भएका मृतक वीरगन्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका प्रमुख कार्यकारी अधिकृत भएको बताएको छ। उनको साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
    वीरगन्जमा बिहीबार नै कोरोना संक्रमित अरु दुई जनाको पनि मृत्यु भएको थियो ।दुबैको मृत्यु पिसिआर परीक्षणको रिपोर्ट आउनु अघि नै भएको थियोे मृत्यु हुनेमा वीरगञ्ज उपमहानगरपालिका १६ नगवाका ३५ वर्षीय युवा र वीरगञ्ज २ छपकैयाका ६५ वर्षीय वृद्ध छन् । । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै