टाेखा लाइभ , काठमाडौं : नेपालमा थप २७४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ३ सय ४ जनाको परीक्षणका क्रममा थप २७४ जनामा कोरोना
भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १९ हजार ५ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंका ४१ जना, भक्तपुरका २ जना र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।
कोरोना भाइरस संक्रमण निको हुनेको संख्या १४ हजार २ सय ४८ पुगेको छ । पछिल्लो एक दिनमा थप २ सय २७ जना कोरोनामुक्त भएर दिस्चार्ज भै घर फर्केका छन ।