टाेखा लाइभ, श्रावण १४ काठमाडौं । नेपालमा बुधबार थप २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय १० जनामा कोरोना संक्रमण पुष्टि भए सँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार २७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
पछिल्लो २४ घण्टामा थप १ सय ४६ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज पछि घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २१ जना रहेका छन् ।
कुल कोरोना निको हुने संख्या ७२ दशमलव ७ प्रतिशत हो।
पछिल्लो २४ घण्टामा छ हजार ३७ जनाको आरटी पीसीआर परीक्षण गरिएको छ । क्वारेन्टिनमा १४ हजार ४७१ जना रहेका छन् ।
यसअघि मंगलबार नेपालमा ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमणबाट ४९ जनाको मृत्यु भइसकेको छ ।