•            
    • TOKHA LIVE

    • ९ श्रावण २०७७, शुक्रबार १६:५६

    नेपालमा थप १३३ नयाँ सङ्क्रमित थपिए:-


    टाेखा लाइभ,श्रावण ९, काठमाडौं:नेपालमा थप १३३ जना नयाँ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा तीन हजार ९८७ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १३३ जनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भए थपिएसंगै
    नयाँ सङ्क्रमित संख्या १८ हजार ३७४ पुगेको जनाएको
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हाल पाँच हजार ३८३ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ ।
    मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा १९ हजार ४४४ जना रहेका छन् । पछिल्लो चौबीस घण्टामा १०७ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । यो सँगै नेपालमा कोरोनामुक्त भएकाको संख्या १२ हजार ९४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै