•            
    • TOKHA LIVE

    • ७ श्रावण २०७७, बुधबार १८:५८

    नेपालमा थपिए १०० कोरोना संक्रमित, कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुग्यो।

    टाेखा,लाइभ,श्रावण ७ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनुषाका ६० वर्षिय पुरुष र ४९ वर्षिय चिनियाँ महिलाको मृत्यु भएको हो ।
    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार धनुषाको जनकपुर उपमहानगरपालिका ६० वर्षिय पुरुषको साउन ६ गते निधन भएको हो । खोकी, उच्च ज्वरु र स्वासप्रस्वासमा समस्या आएपछि उनी साउन २ गते विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका थिए । सघन उपचारकक्षमा उपचारकका क्रममा मृत्यु भएपछि नमुना परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।
    यस्तै पोखरामा काम गर्दै आएका एक ४९ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ । नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै