•            
    • TOKHA LIVE

    • २ श्रावण २०७७, शुक्रबार १६:५३

    नेपालमा १०१ जनामा कोरोना संक्रमित थपियो ,थप एक जनाको मृत्यु ।

    टाेखा लाइभ,साउन२ काठमाडौं : नेपालमा कोरोनाभाइरसबाट थप १०१ जना नयाँ संक्रमित थपिएको छ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले नियमित मिडिया ब्रीफिङमा दिएको जानकारीअनुसार देशभरका २७ वटा प्रयोगशालामा ४ हजार ६ सय ८८ जनामा गरिएको पिसिआर परीक्षणका क्रममा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
    नेपालमा यो संगै कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
    कोरोना निको भएर शुक्रबार दुई सय ८५ जना घर फर्किएका छन्। अहिलेसम्म कोरोना निको हुनेको संख्या ११ हजार पाँच सय ३४ पुगेको छ।कोरोना सक्रमणका कारण नेपालमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिकाका वडा नम्बर छ का ७२ वर्षीय वृद्ध रहेका छन् ।मधुमेहका विरामी समेत रहेका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको थियोे ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै