•            
    • TOKHA LIVE

    • १ श्रावण २०७७, बिहीबार १७:३९

    नेपालमा थप १६७ जनामा कोरोना पुष्टि।


    टाेखा लाइभ,श्रावण १ काठमाडौँ । आज थप १६७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा १६७ जना संक्रमित फेला परेको बताएको छ
    यो सँगै नेपालमा संक्रमितको संख्या १७ हजार ३४४ पुगेको छ ।
    यस्तै २४ घन्टामा २१३ जना डिस्चार्ज भएका छन् । यो सँगै बिहीबारसम्म कोरोना निको भएर घर जानेको संख्या ११ हजार २४९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घन्टामा २७ प्रयोगशालामा ४ हजार ९८१ नमुनाको पीसीआर परीक्षण गरिएको थियो । नेपालमा ६ हजार ५६ आइसोलेसनमा र २३ हजार ५०० क्वारेन्टाइनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै