•            
    • TOKHA LIVE

    • ३१ असार २०७७, बुधबार १९:३६

    नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु।


    टाेखा लाइभ ,असार ३१ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड—१९) को संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटका ३६ वर्षका पुरुषको कोरोनाका कारण मृत्यु भएको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उनी दाईको दाहसंस्कार गर्न केही समयअघि भारतको मुम्बई गएका थिए । उनको दाई पनि कोरोनाकै कारण मृत्यु भएको थियो । भारतबाट फर्किएपछि स्थानीय तहले सञ्चालन गरेको क्वारेन्टिनमा बसेका थियो।
    क्वारेन्टिनमा रहेकै अवस्थामा असार २९ गते स्वासस प्रस्वास स्वस्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन नमुना संकलन गरी हेटौडा प्रयोगशालामा परीक्षणका लागि पठाइएकोमा रिपोर्ट पोजेटिभ आएको थियो । आइसियुमा उपचारकै क्रममा रहेका उनको बुधबार दिउँसो निधन भएको हो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।

    बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ ।बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छ । आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टिनमा रहेका छन्
    जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा ६ हजार १ सय १३ जना उपचाररत रहेका छन्।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै