टाेखा लाइभ,असार २६ काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा विगत २४ घण्टामा ४ हजार ८ सय १० जनाको पिसिआर परीक्षण गर्दा १ सय १८ जनामा संक्रमण पुष्टि भएको छ।
बिहीबारसम्म कोरोनाका १६ हजार ५ सय ३१ संक्रमित थिए। यो संख्या बढेर शुक्रबार १६ हजार ६ सय ४९ पुगेको हो।
देशभरका क्वारेन्टिनमा २३ हजार ९ सय १० जना मानिसहरू छन्।
पछिल्लो २४ घण्टामा १२० डिस्चार्ज भएका छन्। अहिलेसम्म ८ हजार ११ संक्रमित निको भएका छन्। अहिलेसम्म नेपालमा कोरोना संक्रमण बाट ३५ जनाले ज्यान गुमाएका छन्।