•            
    • TOKHA LIVE

    • ८ श्रावण २०७९, आईतवार २१:२८

    नेपालमा थप ३४७ जनामा कोरोना संक्रमण पुष्ठि, दुई जनाको मृत्यु

    टाेखालाइभ डट कम/श्रावण ८, २०७९

    काठमाडौं । नेपालमा थप ३४७ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ। पछिल्लो २४ घन्टामा ३ हजार ८ सय ८८ जनाको नमुना परीक्षण गर्दा यी संक्रमित देखिएका हुन्। कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३०३ र एन्टीजेनबाट ४४ जनामा संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घन्टामा थप ९५ जना संक्रमित कोरोनामुक्त भएका छन्। नेपालमा हालः ३ हजार १७७ जना सक्रिय संक्रमित रहेका छन्। पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेपछि स्वास्थ्य मन्त्रालयले सावधानी अपनाउन अपील गरेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै