•            
    • TOKHA LIVE

    • १९ असार २०७७, शुक्रबार १७:०१

    कोरोनाबाट काठमाडौंका एक जनाको मृत्यु, कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो।

    टाेखा लाइभ,असार १९ काठमाडौं : कोरोनाबाट काठमाडौंका थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक वृद्धकाे असार १७ गते मृत्यु भएको हो। उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्‍याइएको थियो। मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

    यो संगै हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
    नेपालमा कोरोनाबाट ७४० जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमितको संख्या १५ हजार २५९ पुगेको बताएको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै