टाेखा लाइभ,असार १८ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा उपचाररत कोरोना संक्रमित ४९ दिने शिशुको उपचारका क्रममा मृत्यु भएको हो ।
घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका उनमा शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । उनको बुधबार साँझ मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।