•            
    • TOKHA LIVE

    • १७ असार २०७७, बुधबार १६:५७

    नेपालमा थप ४८२ कोरोना संक्रमित,संक्रमितको संख्या १४ हजार नाघ्यो।


    टाेखा लाइभ,असार १७ काठमाडौं : नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको मन्त्रालयले बताएको छ । त्यस्तै १४ सय ६२ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ पुगेको छ ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै