•            
    • TOKHA LIVE

    • १७ असार २०७७, बुधबार ०८:३५

    बिस्वमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ८६१ पुग्यो।

    टाेखा लाइभ,असार १७ काठमाडौं । चीनको वुहानबाट फैलिएको नोवेल कोरोना (कोभिड–१९) भाइरसका कारणबाट विश्वभर हालसम्म मृत्यु हुनेको संख्या ५ लाख १३ हजार ८६१ जनाको मृत्यु भएको छ ।

    विश्व स्वास्थ्य संगठनले विश्वव्यापी महामारी घोषणा गरेको कोरोना भाइरसका कारण अहिलेसम्म कुल १ करोड ५ लाख ८३ हजार ९३२ जना संक्रमित भएको पुष्टि भएको छ । यस्तै, कोरोना भाइरस संक्रमित मध्ये ५७ लाख ९४ हजार ५६५ जना उपचारपछि घर फर्किएका छन् ।

    चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमणबाट अमेरिकामा १ लाख ३० हजार १२२ जनाको मृत्यु भएको छ । यसैगरी, ब्राजिलमा ५९ हजार ६५६ जना, बेलायतमा ४३ हजार ७३० जना, इटालीमा ३४ हजार ७६७ जना र फ्रान्समा २९ हजार ८४३ जनाको मृत्यु भएको छ ।

    चीनबाट सुरु भएको कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण नियन्त्रण गर्न सबै देशले विभिन्न उपाय अपनाएका छन् । तर उक्त संक्रमण र त्यसबाट हुने मृत्यु रोकिएको छैन् ।

    हालसम्ममा कोरोना भाइरसका कारणबाट अमेरिकामा विश्वकै सबैभन्दा बढी संक्रमित देखिएका छन् । अमेरिकामा संक्रमित हुनेको संख्या २७ लाख २७ हजार ८५३ जना पुगेको छ । अमेरिकापछि ब्राजिलमा बढि संक्रमित देखिएको छ । अहिलेसम्म ब्राजिलमा १४ लाख ८ हजार ४८५ जना, रसियामा ६ लाख ४७ हजार ८४९ जना, भारतमा ५ लाख ८५ हजार ७९२ जना र बेलायतमा ३ लाख १२ हजार ६५४ जनामा संक्रमण देखिएको छ ।

    हालसम्ममा अमेरिकामा ११ लाख ४३ हजार ३३४ जना उपचारपछि घर फर्किएका छन् । यसैगरी, ब्राजिलमा ७ लाख ९० हजार ४० जना, रसियामा ४ लाख १२ हजार ६५०, भारतमा ३ लाख ४७ हजार ८३६ र चिलीमा २ लाख ४१ हजार २२९ जना उपचारपछि घर फर्किएका छन्।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै