टाेखा लाइभ,असार १५ काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट २९ औं ब्यक्तिको मृत्यु भएको छ । ललितपुरमा रहेको स्टार अस्पतालमा शनिवार उपचारको क्रममा मृत्यु भएका विरामीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मृत्यु हुने विरामी रौतहटका २९ वर्षीय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ । दमका बिरामी पुरुषलाई कुनै अस्पतालले उपचार गर्न नमानेपछि उनी स्टार अस्पताल पुगेका थिए । अस्पताल भर्ना भएको दश मिनेटमै उनको मृत्यु भएको थियो ।