•            
    • TOKHA LIVE

    • १३ असार २०७७, शनिबार १८:१०

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुग्यो, संक्रमितको संख्या १२ हजार नाघ्यो।


    टाेखा लाइभ, असार १३ काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कैलालीको गोदावरी नगरपालिका ७ का ५० वर्षिय पुरुषको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । फोक्सोको क्यान्सरका विरामी उनी भारतमा उपचार गराउँदै आएका थिए ।
    केही समयअघि चितवनको चितवन मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका तीन पुरुषमा असार ११ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको थियो । आइसोलेसनमा उपचारकै क्रममा उनको शनिबार विहान मृत्यु भएको हो । नेपाली सेनाको सहयोगमा शव व्यवस्थापन भइरहेको मन्त्रालयले जनाएको छ ।

    कोरोना भाइरसको संक्रमण नेपालका ७७ वटै जिल्लामा फैलिएको छ। शनिबार १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जनामा संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको प्रवक्ता डा. गौतमले बताए । जसमा १ हजार ३ सय ६९ महिला र १० हजार ९ सय ४० पुरुष रहेका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै