टाेखालाइभ/ माघ १९,२०७८
काठमाडौं : कोरोना भाइरसबाट एकैदिन ३,६३७ जना
कोरोना संक्रमण पुष्टि भएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जना र ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जना गरी कुल ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा संक्रमित १२ जनाको मृत्यु भएको छ ।
देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित छन् भने ७ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।