•            
    • TOKHA LIVE

    • १० माघ २०७८, सोमबार १८:१०

    नेपालमा थप १० हजार ३१९ जना कोरोना संक्रमित ,४ जनाको मृत्यु

    टाेखालाइभ/माघ १०,२०७८

    काठमाडौं /नेपालमा थप १० हजार ३१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा पिसिआर परीक्षणबाट ८ हजार ५४ र एन्टिजेन परीक्षणबाट २२६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनामा कोरोना परीक्षण गरिएको थियो।

    पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ४ हजार ६ सय ७६ जना संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३६३४, भक्तपुरमा ४५५ र ललितपुरमा ५८७ संक्रमित थपिएका छन्।
    देशभर ८२ हजार ५५० जना कोरोनाका सक्रिय संक्रमित छन्।पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ४ जनाले ज्यान गुमाएका छन्।यस्तै २५४० जना संक्रमणबाट मुक्त भएका छन्।

    Facebook Comments

  • सम्बन्धित खवर
    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै