•            
    • TOKHA LIVE

    • १० असार २०७७, बुधबार २१:००

    टोखामा आर्थिक वर्ष २०७७/७८ को बजेट पारित :

    टोखा लाइभ ,असार १० काठमाडौं । टोखा नगरपालिकामा आगामी आर्थिक वर्ष २०७७/७८ का लागि नगर प्रमुख प्रकाश अधिकारीले सातौं नगर सभालाईै सम्बोधन गर्दे नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ। टोखानगरपालिकाको आज बसेको सदभाव पार्टी प्यालेसमा ७ औं नगर सभामा १ अर्व ५८ करोड ४१ लाखको बजेट विकासमा केन्द्रित हुने भएको छ।

    नगरपालिकाको सातौ नगर सभा सम्पन्न
    टोखा नगरपालिकाकी उपप्रमुख ज्ञानमाया डंगोल ,प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल सहित नगर सभा सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको सो नगर सभामा प्रमुख अधिकारीले गत आर्थिक वर्षमा भएका कामहरु र आगामी वर्ष गरिने कार्यहरुको विवरण प्रस्तुत गरेका थिए ।

    नगरपालिकाको नगर सूचना अधिकृत अनिल प्रसाद जोशीका अनुसार नगरपालिका भित्र कोल्ड स्टोर निर्माण गरिनेछ । घर–पालुवा पशु छाडा छोड्नेलाई कारवाही गरिनेछ । नगरपालिकाभित्र १ वडा १ सुपथ मुल्य सहकारी पसल सञ्चालन गरिनेछ । प्रत्येक वडामा एक वडा एक उत्पादन पहिचान नीतिलाई जोड दिने । सबै सामुदायिक विद्यालयमा मन्टेश्वरी शिक्षाको लागि आवश्यक व्यवस्था मिलाउने । नगरपालिकाभित्रको सामुदायिक विद्यालयहरुमा सबैमा एक प्राविधिक विषयमा पठनपाठन गराउने ।

    एक वडा एक योग ध्यान केन्द्र सञ्चालन गर्ने । नगरपालिकाको मुख्य सडकको दायाँबाँया रहेको घरको अगाडी भागमा एउटै प्रकृतिको रङ लगाउन अभिप्रेरित गरिनेछ । नगरपालिकाभित्रका राजकुलो, गोरेटोबाटो, खोला, खोल्सीहरुमा करिडोर निर्माणका लागि पहल गरिनेछ । नगरपालिका भित्र रहेका सडक, टोल तथा बस्तीहरुको नामाकरण ऐतिहासिक पौराणिक, सांस्कृतिक आधारमा राखिनेछ । एक वडा एक विपद सुरक्षित स्थल तोकिनेछ । एक घर दुई फलफुलको बिरुवा लगाउन प्रेरित गरिनेछ । नगरपालिकाभित्रका जनप्रतिनिधिहरु र कर्मचारीहरुको सामुहिक म्यादी जीवन बीमा गरिनेछ । नगरपालिकाभित्र सबै टोल तथा बस्तीहरुमा सुरक्षा साइरनको व्यवस्था गरिनेछ ।

    नगर प्रमुख अधिकारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा भू उपयोग नक्शा निर्माण गर्ने, घर नक्शालाई विधुतीकरण गर्ने, जनता सुरक्षा कार्यक्रम संचालन गर्ने, मेयर उज्यालो कार्यक्रम मार्फत् सडक बत्ति जडान जस्ता योजनाहरु समेटिएका छन।

    त्यस्तै वडा नं ३ को भुत खेल मैदानलाई नगर स्तरीय खेल मैदान बनाउने, टोखाको सांस्कृतिक क्षेत्रलाई प्रवर्धन गर्ने, बौडेश्वर एकीकृत विकास गुरुयोजना अनुसार निर्माण गर्ने लगायतका मुख्य योजना ल्याएको टोखा नगरपालिकाले मेयर दिवा खाजा कार्यक्रमलाई पनि निरन्तरता दिने योजना अगाडी सारेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै