•            
    • TOKHA LIVE

    • २९ पुष २०७८, बिहीबार १८:१४

    कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ

    टाेखालाइभ डट कम/पौष २९,२०७८

    काठमाडौँ ।काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन सार्वजनिकस्थलमा कडाइ गर्न सुरु गरेको छ ।

    पछिल्ला केही दिनयता कोरोनाका नयाँ सङ्क्रतिको सङ्ख्या उकालो लागेको भन्दै कामपाले सार्वजनिकस्थलमा कडाइ गर्न थालेको हो । अहिले कामपामा दैनिक १०० जना बढीले कारोनाको परीक्षण गर्ने गरेका छन् । केही दिनयता परीक्षण गर्नेको सङ्ख्या बढेको हो । एक हप्ता पछि दैनिक २० देखि २५ जना परीक्षणका लागि आउने गरेका थिए ।

    आगामी दिनमा सङ्क्रमणदर बढे कामपाले कारोनाको पहिलो र दोस्रो चरणमा प्रयोग गरिएको आइसोलेशन सेन्टर प्रयोगमा ल्याएर बिरामीलाई सहजीकरण गर्ने पनि जनाएको छ ।

    कामपा आफैँमा धेरै जनघनत्व भएको स्थान हो, जहाँ मानिसको जनङ्ख्या बढी छ । उक्त स्थानमा सङ्क्रमणदर पनि बढ्ने भएकाले घर बाहिर निस्कँदा मास्क लगाउने, सावधानी अपनाउनका लागि ३२ वटै वडाका विभिन्न स्थानमा माइकिङ गर्नेजस्ता काम सुरु गर्न थालेको छ ।
    मास्क लगाउन, साबुनपानीले हात धुन, स्यानिटाइजर लगाउन, सामाजिक तथा भौतिक दूरी कायम राख्न, भीडभाड नगर्न पनि काठमाडौँ महानगरपालिकाले आह्वान गरिएको छ ।

     

    Facebook Comments

    सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै