•            
    • TOKHA LIVE

    • ९ असार २०७७, मंगलवार १६:५९

    नेपालमा थपिए एकैपटक ५३८ कोरोना संक्रमित, संक्रमितको संख्या १० हजार ९९ पुग्यो।

    टाेखा लाइभ २०७७,असार ७ काठमाडौं : नेपालमा मगलबार थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
    पछिल्लो २४ घण्टामा ७६ कोरोनाका विरामी निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन्।

    आज डिस्चार्ज हुनेमा ६८ पुरुष र ८ महिला छन्। यीसहित हालसम्म २ हजार २ सय १८ निको भएर घर फर्किएका छन्। त्यस्तै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या नेपालमा २४ पुगेको छ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै