टाेखा लाइभ,असार ९ काठमाडौं : दैलेखका एक जना कोरोना संक्रमितको उपचारको क्रममा आज मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सघन उपचार कक्षमा उपचार गराइरहेका दुल्लु नगरपालिका, तीनका ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
क्षयरोगका बिरामी समेत रहेका संक्रमित जेठ २ गते अस्पताल भर्ना भएका थिए । कर्णालीमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ ।