टाेखा लाइभ,असार ६ काठमाडौं : विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८७ लाख ५७ हजार नाघेको छ । संक्रमणबाट ४ लाख ६२ हजार ५ सयभन्दा बढीको मृत्यु भएको छ ।
सबैभन्दा बढी अमेरिकामा संक्रमितको संख्या २२ लाख ९७ हजार नाघेको छ । त्यहाँ १ लाख २१ हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
एसियाली मुलुक भारतमा संक्रमितको संख्या ३ लाख ९५ हजार नाघेको छ । त्यहाँ १२ हजार ९ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । बेलायत, स्पेन, इटाली, फ्रान्स लगायतका युरोपेली मुलुकमा भने संक्रमण र मृत्यु दर घटेको छ ।
विश्वभर संक्रमितमध्ये ५० प्रतिशतभन्दा बढी निको भएर घर फर्किएका छन् । निको हुनेको संख्या ४५ लाख ७३ लाख नाघेको छ ।