•            
    • TOKHA LIVE

    • ५ असार २०७७, शुक्रबार ०६:५२

    टीकाथलीका पुरुषमा कोरोना पुष्टि, ललितपुरमा संक्रमित संख्या पाँच पुग्यो।


    टाेखा लाइभ, असार ५: चितवन जिल्ला रत्ननगर घर भई हाल महालक्ष्मी नगरपालिका –५ टीकाथली बस्ने ५० वर्षीय पुरुषमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ।

    केही दिनअघि उनको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो।

    जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले ती व्यक्तिको पाँच महिनाअघि भक्तपुर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको र कोखा दुख्ने समस्या रहेको जानकारी दिए।

    हालसम्म ललितपुरका पाँच जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीमध्ये एक पुरुषको मृत्यु भएको छ।

    (रासस)

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै