•            
    • TOKHA LIVE

    • ३ असार २०७७, बुधबार २०:२२

    नेपालमा थपिए ५८६ कोरोना संक्रमित, थप एक जनाको मृत्यु।

    टाेखा लाइभ,असार ३ काठमाडौं : नेपालमा आज अहिलेसम्मकै ठूलो संख्यामा कोरोना संक्रमितहरु थपिएका छन् । मन्त्रालयका अनुसार आज ५ सय ८६ जना नयाँ संक्रमित थपिएका छन् । मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार ७ हजार १ सय ७७ पुगेको छ । धरानमा भएको परीक्षणमा ५ जना, विराटनगरमा भएको परीक्षणमा ११ जना, जनकपुरमा भएको परीक्षणमा २७ जना, विरगञ्जमा भएको परीक्षणमा ६ जना, टेकुमा भएको परीक्षणमा २ सय ६५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । भरतपुर अस्पतालमा भएको परीक्षणमा ३, धुलिखेल अस्पतालमा ९९ जनाको पोजेटिभ आएको छ ।
    नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँके बैजनाथ—६ की ४६ वर्षिया महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मिर्गौला सम्बन्धि समस्याका कारण जेट ३० गते नेपालगञ्ज मेडकल कलेज शिक्षण अस्पतालमा भर्ना भएकी ती महिलाको असार १ गते साँझ मृत्यु भएको थियो । १ गते नै कोरोना परीक्षणका लागि उनको स्वाव संकलन गरिएपनि २ गते मात्रै रिपोर्ट आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
    यस्तै शिक्षण अस्पतालमा भएको परीक्षणमा १, पोखरामा भएको परीक्षण्मा २० जना, रुपन्देहीमा भएको परीक्षणमा ५९ जना, भेरी अस्पतालमा भएको परीक्षणमा ३२ जना, दाङमा भएको परीक्षणमा ३३ जना र सुर्खेतमा भएको परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । त्यसैगरी जुम्लामा भएको परीक्षणमा १४ जना, कैलालीमा भएको परीक्षण्मा ७ जनाको पोजेटिभ देखिएको छ । बुधबारसम्म १ हजार १ सय ६७ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

    Facebook Comments

  • सिफारिस सबै
  • छुटाउनुभयो कि? सबै